आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

बाह्रविसे पहिरो अपडेटः २२ बेपत्ता दुईजनाको शव भेटीयो


समृद्ध अनलाईन २८ भाद्र २०७७, आईतवार ०८:१५ मा प्रकाशित ( हफ्ता अघि) ६१ पाठक संख्या

सिन्धुपाल्चोक, भदौ २८ गते । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुचे र भीरखर्कमा गएराति पहिरोले घर बगाउँदा १८ घर पुरीएका छन । पहिरोमा परि २ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार नागपुचेमा ७ वटा घर पुरिँदा १ जनाको मृत्यु र १६ जना बेपत्ता भएका छन्। हाल सम्म ६० वर्षीया भक्तिमया श्रेष्ठको शव भेटिएको छ ।
यस्तै भीरखर्कमा २ घर पहिरोले पुरिएको ठाउँमा २२ वर्षीया जुनु विकको शव भेटिएको छ । ६ जना बेपत्ता भएका छन् । अहिले स्थानिय र प्रहरी उद्धारमा खटिएका जिलला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
आफ्नो गृह जिल्लामा पहिरो गएको जानकारी पाएसँगै सभामुख अग्निप्रसाद सापकोटा बिहानै त्यसतर्फ गएका छन् । सभामुख सापकोटा स्थलमार्ग हुदै त्यसतर्फ गएको बताईएको छ । सिन्धुपाल्चोकमा केहि समय अघि मात्रै बाह्रबिसे नगरपालिका–५ जम्बु र जुगल गाउँपालिका–२ लिदी पहिरोले गाउँ नै बगाउँदा ठुलो जनधनको क्षति भएको थियो ।