आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

नियमित विद्युत नआउँदा सर्बसाधरणलाई सास्ति


समृद्ध अनलाईन २८ भाद्र २०७७, आईतवार ०९:३८ मा प्रकाशित ( हफ्ता अघि) ४१ पाठक संख्या

ओखलढुंगा, भदौ २८ गते । विद्युत अनियमितता हुँदा तीन जिल्लाका उपभोक्ता मारमा परेका छन् । विगत छ महिनादेखि लगातार तीनदिन सम्म विद्युत अवरुद्ध हुने समस्याका कारण ओखलढुंगा, सोलुखुम्बु र खोटाङका उपभोक्ता मारमा परेका हुन् ।
कतिखेर कुन समयमा बत्ति जान्छ र आउँछ भन्ने टुंगो नहुँदा विद्युतमा निर्भर व्यवसायीहरु लाखौं घाटामा पर्ने गरेका छन् । लगातार तीन दिन बत्ति जाँदा सयौं चल्लाहरु मर्ने गरेको पत्रकार तथा व्यवसायी रामहरि श्रेष्ठले बताए । जिल्लाका दर्जनौं कुखुरापालक किसान बत्तिका कारण मारमा पर्ने गरेको उनको भनाई छ । त्यसैगरि अन्य व्यवसायीहरु पनि विद्युतले गर्दा हैरान हुने गरेको बताउँछन्् । ब्यवसायि मात्र नभएर कोरोना महामारीका कारण घरघरमा वसेका विद्यार्थीहरुलाई समेत समस्या भएको सोलुखुम्वु घर भई ओखलढुंगामा डेरामा बस्दै आउनु भएका प्रकाश बस्नेतले बताए । आफ्ना दुईवटा बच्चाहरु नियमित अनलाईन तथा रेडीयो टिभिबाट पढ्ने गरेका भए पनि नियमत बिद्युत नहुँदा नानीहरुलाई समस्या भएको उनको भनाई छ ।
नेपाल विद्युत प्राधिकरण ओखलढुंगा वितरण शाखाले भने यसरी विद्युत अवरुद्द हुनुको मूख्य कारण माथिल्लो सोलु जलविद्युत आयोजना भएको बताएको छ । सोलु करिडोर प्रसारण लाइन सम्पन्न नभएपछि उत्पादन शुरु भएको माथिल्लो सोलु जलविद्युत आयोजनाको ५ मेगावाट विद्युत ओखलढुंगा–बुइपा–गाइघाट ३३ केभी प्रसारण लाईनमै जोडिएको र सोही कारण ३३ केभी प्रसारण लाइनले धान्न नसक्दा विभिन्न प्राविधिक समस्याको साथै उपकरणहरुमा क्षति हुने भएकोले अवरुद्द हुने गरेको विद्युत प्राधिकरण वितरण शाखा ओखलढुंगाका प्रमूख संजिव साहले बताए । उनका अनुसार धेरै जसो खोटाङ र उदयपुरको बिचमा बिग्रिने गरेको र कहाँनेर बिग्रियो भनेरै पत्ता लगाउन धेरै समय लाग्ने गरेको छ । हाल संचालित प्रसारण लाइनले १३ मेगावाट क्षमता मात्र धान्ने भएपनि माथिल्लो सोलु जलविद्युतको ५ मेगावाट थपिएपछि हैरान भएको समेत उनले बताए ।
प्राधिकरण केन्द्रले हालको प्रसारण लाइनको क्षमता नबढाएसम्म वा सोलु करिडोर प्रसारण लाइन सुचारु नभएसम्म यो समस्याले निरन्तरता पाउनसक्ने प्रधिकरणको अनुमान छ । सर्वसाधारण उपभोक्ताहरु भने प्राधिकरण केन्द्रले यो समस्या तुरुन्त समाधान गर्नुपर्ने माग राख्दै आएका छन् ।