आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

खुकुरी प्रहार गरेर महिलाको हत्या, हत्याका आरोपित पक्राउ


समृद्ध अनलाईन २८ भाद्र २०७७, आईतवार १५:१६ मा प्रकाशित ( हफ्ता अघि) ११ पाठक संख्या

उदयपुर, भदौ २८ गते । उदयपुरको कटारी नगरपालिका–११ लखनथुम्का बस्ने ५० बर्षीय डोर कुमारी राउतको खुकुरी प्रहारबाट हत्या भएको छ । उनको शनिवार बिहान  छिमेकीले हत्या गरका हुन् ।
राउतको हत्याका आरोपित स्थानीय २५ बर्षीय बिनोद भन्ने रोशन राना मगरलाई प्रहरीले पक्राउ गरेको छ । निजकैको घरबाट आई मगरले एक्कासी लछार पछार गर्नुका साथै, साथमै बोकेको खुकुरीले शरिरका बिभिन्न ठाँऊमा अन्धाधुन्द प्रहार गर्दा राउतको घटनास्थलमा नै मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय कटारीका अनुसार हत्या आरोपीत मगरलाई कटारी नगरपालिका –११ हात्तीसुँडे स्थित जङ्गलबाट बिहान साँढे ११ बजे नियन्त्रणमा लिएको थियो । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।