आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण


समृद्ध अनलाईन २८ भाद्र २०७७, आईतवार १६:०६ मा प्रकाशित ( हफ्ता अघि) ६८ पाठक संख्या

विराटनगर, भदौ २८ गते । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेललाई कोरोना भाइरसको संक्रमण भएको छ । शनिबार स्वाब दिएका पोखरेललाई कोरोना संक्रमण भएको रिपोर्ट आइतबार आएको हो ।
महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई कोरोना देखिएको पुष्टि गरेका छन । प्रदेश प्रयोगशालामा गरिएको स्वाब परिक्षणको रिपोर्टमा प्रमुख प्रशासकीय अधिकृत पोखरेलमा संक्रमण पुष्टि भएको महाशाखा प्रमुख कार्कीले बताए । प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई कोरोना पृष्टी भएपछि महानगरका अधिकांश कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।
महानगरको कर्मचारी संयन्त्रको नेतृत्व गर्ने पोखरेललाई कोरोना देखिएपछि महानगरको अत्यावश्यकबाहेक सेवा ५ दिन बन्द गर्ने तयारी गरिएको छ । यसअघि विराटनगर–२ का वडाध्यक्ष कुमार पोखरेल र विराटनगर–५ का वडाध्यक्ष मीनकुमार आचार्यलाई कोरोना देखिएको थियो ।
वडाध्यक्ष पोखरेललाई संक्रमण देखिनुअगाडि प्रशासकीय अधिकृत पोखरेल एउटै बैठकमा सहभागी भएका थिए । उनलाई त्यहि बैठकबाट कोरोना संक्रमण भएको अनुमान महानगरका कर्मचारीले गरेका छन् ।विराटनगरमा अहिलेसम्म १ हजार ३ सय ६४ जनालाई संक्रमण पुष्टि भइसेकको छ ।