आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

मोरङमा थप एक संक्रमितको मृत्यु


समृद्ध अनलाईन २९ भाद्र २०७७, सोमबार १०:०९ मा प्रकाशित ( हफ्ता अघि) ३८ पाठक संख्या



विराटनगर, भदौ २९ गते । मोरङका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत धनपालथान गाउँपालिका ६ का ४० वर्षे पुरुषको मृत्यु भएको हो ।
आइतबार राति करिव ९ बजेको समयमा ती पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले जानकारी दिए । मृतक पुरुषमा कोरोना संक्रमण बाहेक कुनै दीर्घ रोग नभएको पनि बताइएको छ । शुक्रबार प्रतिष्ठानमै गरिएको परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएपछि शनिबार राति कोभिड अस्पताल सारिएको थियो । मोरङका एक अर्का संक्रमितको आईतबार उपचारको क्रममा धरानमा मृत्यु भएको थियो ।प्रतिष्ठानमा उपचाररत विराटनगर १२ का ७० वर्षीय पुरुषको सवा २ बजे मृत्यु भएको हो ।