आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

काँग्रेसको कोभिड १९ अनुगमन जिल्ला स‌ंयोजकमा पत्रकार सुनुवार


समृद्ध अनलाईन ३० भाद्र २०७७, मंगलवार १४:१६ मा प्रकाशित ( हफ्ता अघि) १९८ पाठक संख्या

ओखलढुंगा, भदौ ३० गते । नेपाली काँग्रेस ओखलढुंगाले गठन गरेको कोभिड १९ अनुगमन समितिको जिल्ला फोकल पर्सनको रुपमा प्रेस युनियनका केन्द्रिय लिला सुनुवार चयन भएका छन् । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा गरेका खर्च कामको प्रभावकारिता र वस्तुस्थितिको रिपोर्टिङ्ग गर्न नेपाली काँग्रेस ओखलढुंगाले कोभिड १९ अनुगमन समितिको गठन गरेको हो ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको लगानी र कामको अनुगमन तथा रिपोर्टिङका लागि केन्द्रमा सहमहामन्त्री प्रकाश शरण महत नेतृत्वमा समति छ । उक्त समितिले जिल्लामा सुनुवारलाई फोकल पर्सन तोकेको हो । सुनुवार नेपाल समाचार पत्र दैनिकसँग आबद्ध छन् ।

उनलाई जिल्लामा सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा गरेका खर्च कामको प्रभावकारिता र वस्तुस्थितिको रिपोर्टिङ्ग गर्ने जिम्मेवारी तोकिएको छ । सुनुवारले तोकिएको जिम्मेवारी अनुसार काम शुरु गरेको जनाएका छन् ।