आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

बालिकालाई सामुहिक बलात्कार गर्ने पक्राउ


समृद्ध अनलाईन ३१ भाद्र २०७७, बुधबार ०५:५८ मा प्रकाशित ( हफ्ता अघि) ८१ पाठक संख्या

ओखलढुंगा, भदौ ३१ गते । ओखढुंगामा एक बालिमा माथि सामुहिक बलत्कार भएको छ । १६ वर्षीया बालिकाकाथि सामुहिक बलात्कार हो ।
बलत्कार गरेको आरोपमा चम्पादेवी गाउँपालिकाबाट ३ जना पक्राउ परेका छन् । घटना सार्वजनिक भएपछि पीडित पक्षको उजुरीका आधारमा प्रहरीले दुई जना बालकसहित ३ जनालाई घरबाटै पक्राउ गरेको छ । पीडित बालिकाका आफन्तका अनुसार उनलाई ३ जनाले मिलेर भदौ २४ गते सामुहिक रुपमा बलात्कार गरेका हुन् । आरोपितहरु चम्पादेवी गाउँपालिका वडा नं. ८ का हुन् । प्रहरी चौकी घोराखोरीको टोलीले आरोपित त्रयलाई पक्राउ गरि जिल्ला ल्याइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक मिलनसिं बस्नेतले जानकारी दिए । घटना अनुसन्धान भइरहेको र तीनमध्ये एक जनाले बलात्कार गर्न सहयोग गरेको तथा अन्य दुईले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको वस्नेतको भनाइ छ ।
बालिकाको जिल्ला अस्पताल रुम्जाटारमा स्वास्थ्य परिक्षण तथा उपचार गरिएको र जाहेरी दर्ता भइसकेको पीडित बालिकाकी दिदीले बताइन् । आरोपितहरुलाई कडा कारवाही गर्न पीडित परिवारले माग गरेको छ । घटनामा १४ र १६ वर्षका दुई तथा १८ वर्षका एकजना संलग्न छन् ।