आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

झापामा ब्राउनसुगर सहित २ जना पक्राउ


समृद्ध अनलाईन ३१ भाद्र २०७७, बुधबार ०९:३२ मा प्रकाशित ( हफ्ता अघि) ६० पाठक संख्या

अर्जुनधारा, भदौ ३१ गते । झापाको मेचीनगर नगरपालिका–१३ बाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ का २९ बर्षीय श्रीमत सोरेन र बिर्तामोड नगरपालिका–५ का २७ बर्षीय पवन कुमार वसाक रहेका छन् ।
लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउनसुगर सहित उनिहरुलाई मंगलवार राती पक्राउ गरेको हो । प्रहरीले मे १ प ९९७२ नम्बरको मोटरसाईकल र मे ९ प ४९६१ नम्बरको स्कुटरमा सवार रहेका दुबै जनालाई चन्द्रगढी रोडमा रोकेर चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद गरेको थियो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।