आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

न्याय नपाएपछि बलात्कार पीडितद्वारा आत्महत्या


समृद्ध अनलाईन ३१ भाद्र २०७७, बुधबार १०:५२ मा प्रकाशित ( हफ्ता अघि) १४५ पाठक संख्या

सप्तरी, भदौ ३१ गते । सप्तरीमा जबरजस्ती करणी सम्बन्धी कसूरकी पीडितले आत्महत्या गरेकी छन् । गाउँमै घटना मिलाउन दबाब दिएपछि डाकनेशवरी नगरपालिका–७ की १७ वर्षीया किशोरीले मंगलबार आत्महत्या गरेकी हुन् ।
किशोरीको मृत्यु भएपछि मात्र घटनाबारे जानकारी पाएको जानकारी पाए लगत्तै घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाले बताएका छन् ।
प्रहरीका अनुसार सोमबार बिहान ९ बजे धानखेतमा गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी निकै तनावमा परेको पीडितकी आमाले बताएकी छन ।
पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने गाउँमै आरोपीबाट ५५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय सुनाउने पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई पक्राउ गरेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय कल्याणपुरको हिरासतमा राखिएको र यस कार्यमा संलग्न अन्यको खोजी जारी रहेको एसपी धमलाले बताए अभियुक्तको पनि खोजतलास जारी राखिएको उनको भनाई छ । शवलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर पोष्टमार्टम गरिने उनले बताए । (रासस)