आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

कोरोनाविरुद्धको खोप लगाउने पहिलो नेपाली श्रेष्ठ


समृद्ध अनलाईन ४ आश्विन २०७७, आईतवार ०६:३५ मा प्रकाशित ( महिना अघि) ६२ पाठक संख्या

अर्जुनधारा, असोज ४ गते । रुसमा रहेका एक जना नेपालीले कोरोना भाइरसविरुद्धको खोप लिएका छन् । मस्कोमा कार्यरत ६१ वर्षीय डा महेश श्रेष्ठले शनिबार कोराना भाइरसविरुद्धको खोप लिएका हुन् ।
गैरआवासीय नेपाली संघ ९एनआरएनए० का उपाध्यक्ष बद्री केसीले मस्कोमा कार्यरत ६१ वर्षीय डा श्रेष्ठले शनिबार कोराना भाइरसविरुद्धको खोप लिएको जानकारी दिए । सामाजिक सञ्जाल फेसबुकमार्फत केसीले सल्यान पुर्खौली घर भएका श्रेष्ठले रसियन सरकारद्धारा पहिलो चरणमा ३० हजार जनालाई खोप दिने मध्येका एक हुन् । डा केसीकाअनुसार उनी लक्की ड्र मार्फत छानिएका हुन् ।
श्रेष्ठलाई कोरोना भ्याक्सिन दिन भन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो । उपाध्यक्ष केसीले कोरोना भाइरसविरुद्ध पहिलो भ्याक्सिन लिएकोमा खुशी व्यक्त गर्दै श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।