आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

टेलीकमको तार चोरी गर्ने प्रहरी खोरमा


समृद्ध अनलाईन ६ आश्विन २०७७, मंगलवार १८:४३ मा प्रकाशित ( महिना अघि) १३७ पाठक संख्या

विराटनगर, असोज ६ गते । नेपाल टेलीकमको तार चोरी गर्ने ४ जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिकाका विभिन्न स्थानमा टेलीकमको तार चोरी गर्ने ४ जना जामुनगाछीबाट पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा विराटनगर–६ का २१ बर्षीय विजय सहनी, १८ बर्षीय राज सहनी, २१ बर्षीय रविन सहनी र१९ बर्षीय सुमित सहनी रहेका छन । असोज १ गते विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरुबाट टेलीकमको तार चोरी भएको उजुरीसंगै प्हरीले खोजी कार्य अगाडी बढाएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले खोजतलासकै क्रममा हिजो सोमबार राती ८ बजे जामुनगाछीबाट चारै जनालाई पक्राउ गरेको थियो ।

साथै उनिहरुले चोरी गरी लगेको नेपाल टेलीकमको १५० पेयरको २२० मिटर केवल तार समेत फेला पारी बरामद गरिएको छ । यसै गरी उनिहरुले प्रयोग गर्ने को ९ प ४१५८ नम्बरको यमाहा मोटरसाईकल समेत नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । यसरी चोरीएका सामान सहित पक्राउ परेका चारै जना उपर चोरी ऐन अन्तर्गत कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।