आज:  | Fri, 23, Oct, 2020
FLASH NEWS

परिवारले लाश बुझे, मृत्यु भएको ३६ घण्टा पछि क्षतिपूर्ति दिने सहमति


समृद्ध अनलाईन ८ आश्विन २०७७, बिहीबार १६:५२ मा प्रकाशित ( हफ्ता अघि) ९६ पाठक संख्या

ओखलढुंगा, असोज ८ गते । बुधबार करेन्ट लागि मृत्यु भएका मोलुङ हाइड्रो पावरका कर्मचाररीको परिवारले क्षतिपूर्ति दिने सहमति पछि मात्र शव बुझेका छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा क्षतिपसर्ति वापत ६ लाख दिने भए पछि परिवाले शव बुझेका हुन् ।
मोलुङ हाइड्रोको विद्युत प्रशारण लाइनमा आएको समस्या समाधानका लागि पोलमा चढेका कर्मचारीको बुधबार करेन्ट लागेर ज्यान गएको थियो । मोलुङ गाउँपालिका ३ स्थित हाइड्रोका सुपरभाइजर परनेश खत्रीको करेन्ट लागेर विद्युतको पोलमै मृत्य भए पछि परिवारले क्षतिपुर्ति नभई शव बुझेका थिएनन् । अप्राविधिक कर्मचारीलाई प्राविधिक काम लगाएको, विद्युत प्रशारण बन्द गरिएको भने पनि करेन्ट लागेर ज्यान गएको भन्दै मृतकका परिवार र आफन्तले कारवाही माग गर्दै प्रशासनमा उजुरी गरेका थिए ।
दुई पक्षबीच भएको छलफलमा पीडित परिवारलाई क्रिया खर्च १ लाख र क्षतिपूर्ति पाँच लाख दिने सहमतिपछि परिवारले शव बुझेको छलफलमा सहभागी स्थानीय अर्जुन गिरिले बताए । हाइङ्रोले कमजोरी स्वीकार गर्दै क्षतिपूर्ति दिन तयार भएको, विद्युत प्रशारणमा भएको प्राविधिक त्रुटी पहिचान गर्न समिति गठन भएको र ८ वर्षसम्म मृतकका परिवारको भरण पोषणका लागि बार्षिक ५० हजार दिने सहमति भएको गिरिले जानकारी दिए ।
अप्राविधिक कर्मचारीलाई प्रशारणलाईन मर्मत गराउन खटाउनु गम्भीर लापरवाही भएको स्थानीयको भनाइ छ । पटक पटक लापरवाही गर्नेमाथि कारवाही हुनु पर्ने स्थानीयको माग छ । यस अघि पनि पावर हाउस नजिकै करेन्ट लागेको एक स्थानीयको ज्यान गएको थियो । विद्युत प्रशारणमा लाइनमा भएका त्रुटी पहिचान गरेर प्रतिवेदन पेश गर्न नेपाल विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रका प्रमुखको संयोजकत्वमा समिति गठन गरेको र मृतकको बिमा वापत पाउने सुविधा परिवारलाई दिन प्रकृया अघि बढाउने निणर्य भएको सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले बताए ।
हाइड्रोका मालिक र उपल्ला कर्मचारीको चरम लापरवाही र दादागिरि बिगतदेखिनै चलेको भुक्तभोगी बताउँछन् । यस अघि निर्माणकै चरणमा पनि संस्थागत शेयर दिने भन्दै मोलुङका सबै वडाबाट उठाइएको २ करोड रकम समेत अहिलेसम्म कसरी कहाँ राखिएको छ सर्बसाधारणलाई पत्तो छैन ।