आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

अर्जुनधारामा गोरू काटेर खाने ३ जना पक्राउ


समृद्ध अनलाईन १० आश्विन २०७७, शनिबार १२:३६ मा प्रकाशित ( हफ्ता अघि) १२० पाठक संख्या

अर्जुनधारा, असोज १० गते । अर्जुनधारा नगरपालिका वडा नं. ५ बैसाबारी बाट तीन जना पक्राउ परेका छन् । गोरु काटेर खाएको आरोपमा पक्राउ उनिहरु परेका हुन ।
पक्राउ पर्नेमा २० बर्षीय ईमन दाहाल,२७ बर्षीय विर बहादुर दनुवार र अर्का बर्ष २७ कै टिकाराम दनुवार रहेका छन । शनिबार बिहान ०८ बजे उनिहरुले गोरु काटेर खाई गोरुको टाँउको र खुट्टाहरू नजिकै रहेको उखुबारीमा गाडेको भनि स्थानीयले प्रहरी चौकी शनिश्चरेमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई तिनै जनालाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय अनामनीले जनाएको छ ।
यसै गरी उनिहरुले गाडेको गोरुको टाँउको र खुट्टा समेत फेला पारीएको र पक्राउ परेका तीनै जना उपर कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।