आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

ओखलढुंगा सदरमुकाम आज देखी खुला


समृद्ध अनलाईन १० आश्विन २०७७, शनिबार १७:०९ मा प्रकाशित ( हफ्ता अघि) २४ पाठक संख्या

ओखलढुंगा, असोज १० गते । ओखलढुंगामा कोरोना संक्रमण बढे संगै बन्द भएको हाटबजार आज देखी खुला भएको छ । जिल्लामा जिल्ला गत भदौ २१ गते जिल्ला समन्वय समिती प्रमुख तथा नेपाली काँग्रेस जिल्ला सभापति लगायत ९ जनामा संक्रमण भएपछि सदरमुकाममा लाग्ने शनिबारे तथा बुधबारे हटीया तथा बजार बन्द गरिएको थियो ।
वजार बन्द भए पछि साप्ताहिक रुपमा साग सब्जी बेचेर जिविको धान्ने यहाँका किसानहरुलाई समस्या भएको भए पनि बवार आँशिक रुपमा खुले पछि उनिहरु खुसी भएका छन् ।  करेसा वारीमा फलेको साग सब्जी हटियामा बेचेर घर खर्च धान्ने आफु र आफु जस्तालाई बजार बन्द हुँदा समस्या भएको र आज देखि वजार खुले पछि आफुहरु खुसी भएको सिद्धिचरण नगरपालिका वडा नं. १ बाट वजारमा सामान बेच्न आउनु भएकी जानुका ओझाले बताईन् ।
हाट बजार बन्द भएको अवस्थामा किसानहरुलाई समस्या भएको र आफुजस्ता व्यवयिलाई पनि समस्या भएको र साग सब्जी तथा फलफूल कुहीएर जाने अवस्था थियो हाटवजार खुले पछि उपभोक्ता तथा किसानहरुलाई सहज भएको तरकारी व्यवसायि सानु दयालको भनाई छ ।
करेसाबारीमा उव्जाएको सागसब्जि बेचेर परिावार धन्ने सर्वसाधरणलाई भएको समस्यालाई मध्यनजर गर्दे हटिया खुलाएको र हटियालाई नगरपालिकाले ब्यवस्थित गर्ने बताउँदै सबैले स्वास्थ्यमा ख्याल गरि स्वास्थ्य मापदण्डमा वजार प्रवेह गर्न शुक्रबार नगरपालिकाले नै एकखालको सुचना गरि जारी गरेका कारण आज बाट बजार खुलाएको सिद्धिचरण नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष विनोद कुमार श्रेष्ठले बताए ।
जिल्लामा गत भदौ २१ गते नेका सभापति प्रदिपकुमार सुनुवार, जिल्ला समन्वय समिती प्रमुख जयबहादुर श्रेष्ठ तथा भदौ २६ गते नेका जिल्ला उपसभापति तेजेन्द्र खनाल तथा प्रेस युनियन ओखलढुंगा जिल्ला शाखा सचिव नवराज कार्की लगायत २७ जनामा कोरोना संक्रमण भएको थियो । जिल्ला सदरमुकाममा समुदाय स्तरमै संक्रमण फैलिए पछि ओखलढुंगा सदरमुकाममा भेलाहुन, कुनै राजनितिकदलका कार्यक्रम गर्न तथा साप्ताहिक रुपमा लाग्ने हाट वजार समेत बन्द गरिएको थियो ।