आज:  | Fri, 23, Oct, 2020
FLASH NEWS

प्रेस क्लब मेचीनगरमा पत्रकार उप्रेती


समृद्ध अनलाईन १० आश्विन २०७७, शनिबार १७:४४ मा प्रकाशित ( हफ्ता अघि) ८४ पाठक संख्या

काँकरभिट्टा, असोज १० गते । प्रेस क्लब मेचीनगरकोमा पत्रकार लक्ष्मी उप्रेती अध्यक्ष भएका छन् । काँकरभिट्टामा भएको क्लवकोअधिवेशनमा उनि अध्यक्षमा निर्वाचत भएका हुन् ।
अधिबेशनमा उप्रेतीको अध्यक्ष रहेको १५ सदस्यीय समिति समेत बनेको छ जसमा उपाध्यक्षमा शिशिर चौलागाइँ, सचिव जिआर धिताल, सहसचिवमा भूमिका लिम्बू र कोषाध्यक्ष रीता दाहाल चयन भएका छन् । सदस्यमा उमेश खतिवडा, माया लामिछाने, हरिकृष्ण भण्डारी, प्रकाश पौडेल, विकास देवकोटा, युवराज आचार्य, दिलिप थापा, खगेन्द्र घिमिरे, किशोर उपरकोटी र हेमन्त निरौला छन् । डेढ दशकदेखि झापाको पत्रकारितामा क्रियाशील उप्रेती मेचीनगर नगरपालिकाका प्रेस संयोजक समेत रहेका छन् ।
प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका अधिवेशन प्रेस क्लबका संयोजक मुक्ति पौडेलको अध्यक्षतामा भएको थियो ।