आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

दिउँसै सुन लुट्ने लुटेरा चार दिनदेखि फरार


समृद्ध अनलाईन ११ आश्विन २०७७, आईतवार १३:३० मा प्रकाशित ( हफ्ता अघि) ७६ पाठक संख्या

ओखलढुंगा, असोज ११ गते । ओखलढुंगाको रामपुरमा विहिबार दिउँसो सुन लुट्ने लुटेरा अझै फरार रहेका छन् । बिहिबार दिउँसो एक महिलालाई लछारपछार पारेर सुनका गहना दुई लुटेर हिड्ने लुटेरा फरार रहेका हुन् ।
बिहीबारे हटिया भरेर रामपुरबाट घर फर्किने क्रममा मोलुङ गाउँपालिका–४ की रुकमाया खतिवडाको रामपुर बजारभन्दा केही तलको कात्तिके जंगलको भिरमा दुइ पुरुषले करिब डेढ तोला सुनको गहना लुटेको पीडितको भनाइ छ । भिरको अप्ठारो बाटोमा माक्स लगाएका अन्दाजी २१–२२ वर्षका जना पुरुषले आँखा छोपी लछारपछार गरेर नौगेडी तिलहरी लुटेर भागेको खतिवडाले प्रहरीमा दिएको उजुरीमा उल्लेख रहेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक श्रीप्रसाद राईले बताए ।
अनुसन्धानको क्रममा पिडीतको घरमा लुटएिको नौगेडीमा लगाएको सुनको पोते भेटीएका कारण लुटेराहरु प्रहरीको नजिक रहेको प्रहरीको भनाई । लुटेराको खोजी तथा अनुसन्धान भईरहेको र लुटेरा टाढाका नभइ बजार भर्न आएका छिमेकी गाउँका हुन सक्ने अनुमान प्रहरीको रहेको छ ।