आज:  | Fri, 23, Oct, 2020
FLASH NEWS

मृत अवस्थामा फेला परेकी बालिकाको हत्या भएको पुष्टि


समृद्ध अनलाईन ११ आश्विन २०७७, आईतवार १७:०३ मा प्रकाशित ( हफ्ता अघि) ५२ पाठक संख्या

सुनसरी, असोज ११ गते । सुनसरीको बराहक्षेत्र १ कटहरेमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी १२ बर्षीया एक बालिकाको हत्या भएको पुष्टि भएको छ । असोज १० गते २ बजे राती १२ बर्षीया मिना राई आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिईन ।
छिमेकीको घरमा धामी लगाई सकेर विहानको २ बजे राती घर फर्केका परिवार ढोका खोलेर भित्र पस्दा आफ्नो छोरी मिना राईलाई मृत अवस्थामा देखी प्रहरीलाइ खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतक बालिकाको शव संकास्पद देखिएपछी गहन अनुसन्धान शुरु गरेको थियो । घटनाको अनुसन्धान गर्न संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट डग सहितको टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटेको थियो । अनुसन्धानमा खटिएको प्रहरी टोलीले मिनाको हत्या भएको पुष्टि गरेसंगै उनको हत्यामा संलग्न सोही स्थानका १५ बर्षीय बालकलाई २४ घण्टा भित्रै पक्राउ गरेको छ । घरमा बालिका मात्र एक्लै रहेको अवस्थामा राती १० बजे तिर १५ बर्षीय बालक चटपटे खान भनि गएको अवस्थामा उनिहरु बिच बादविबाद हुदा ति बालकले मिनालाइ सिँसाको बोत्तलले टाउँकोमा प्रहार गरी भेष्ट र रुमालले घाँटीमा कसेर उनको हत्या गरी आफु आफ्नै घरमा गएर सुतेको उनिमाथी गरिएको सोधपुछका क्रममा खुल्न आएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।