आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

बिरिङखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय खुसी


समृद्ध अनलाईन १२ आश्विन २०७७, सोमबार ०६:०६ मा प्रकाशित ( हफ्ता अघि) ११५ पाठक संख्या

अर्जुनधारा, असोज ११ गते । झापाको अर्जुनधारा नगरपालिका भएर बहने बिरिङ खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । बिरिङ खोलामा मदनपुर र लक्ष्मीपुर जोड्ने गरी झोलुङ्गे पुल निर्माण गरिएको हो ।
पुलनिर्माण भए पछि खोलामा डुब्दै वारपार गर्न पर्ने बाध्यता हटेको र आफुहरुलाई आउन जान सहज भएकोमा आफुहरु खुसी रहेको स्थानीय टिका देवी न्यौपानेले बताइन्उ । स्वीस सरकारको १ करोड २० लाख रुपैयाँ सहयोगमा निर्माण गरिएको झोलुङ्गे पुल एक सय ६२ मिटर लामो रहेको छ । खोलामा पुल नहुँदा बिरीङखोलाले दर्जनौ मान्छेको ज्यान समेत लिई रहेको अवस्थामा अहिले पुल बन्दा आफुहरुलाई वारी पारी गर्न धेरै सहज भएको वाईसेन लेप्चाको भनाई छ ।
निर्माण कम्पनीले पनि समयमा निर्माण सम्पन्न गरि सकेको र अव प्रविधिक टोलीले हेर्न बाकी रहेका कारण प्रविधिकले हेरी सके पछि कहाँ के कती पुन बनाउनु पर्ने हो थाहुने निर्माण कम्पनी निगिरी निर्माण सेवाका प्रतिनिधि रत्न सिं लामाले बताए  ।

२०७५ माघमा शिलान्यास गरिएको पुल यहि महिना उद्घाटन गर्ने गरी तयारी भइरहेको छ । पुल सञ्चालनमा आएपछि अर्जुनधाराका ४, ५ र ७ का स्थानीय बासिन्दा लाभान्वित हुनेछन् भने पुलमा हावा खाने तथा पुलकाट दृश्यावोलकनका लागि आन्तरीकी पर्यटकको पनि उतिकै संभावना देखिएको छ ।