आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

संक्रमितलाई घृणा होइन सहयोग र माया गारौंः प्रमुख जयबहादुर श्रेष्ठ जिल्ला समन्वय समिति ओखलढुंगा


समृद्ध अनलाईन १२ आश्विन २०७७, सोमबार ०८:३५ मा प्रकाशित ( हफ्ता अघि) १११ पाठक संख्या

ओखलढुंगा, असोज १२ गते । विश्व ममहमारीको रुपमा फैलिएको कोरोना संक्रमण पछिल्लो समय ओखलढुंगा सदरमुकाममा फैलिरहेको छ । भदौ महिनामा मात्रै जनप्रतिनिधि नेता तथा पत्रकार र सर्वसाधरणमा तिब्र रुपमा संक्रमण भएको थियो ।
भदौ २१ गते गरिएको परिक्षणमा जिल्ला समन्वय समिती ओखलढुंगाका प्रमुख जयबहादुर श्रेष्ठ तथा नेपाली काँग्रेस जिल्ला सभापति प्रदिपकुमार सुनुवार सहित ९ जनालाई कोरोना संक्रमण भयो । त्यस्तै गरि भदौ २६ गते गरिएको परिक्षणमा १८ जना सर्वसाधरणमा संक्रमणको पुष्टि भयो ।
अधिकाँशले कोरोना जितेर फर्कीसकेका छन् । जिल्ला समन्वय समिती प्रमुख काँग्रेस जिल्ला सभापति सुनुवार, उपसभापति तेजेन्द्र खनाल तथा पत्रकार नवराज कार्कीले कोभिड १९ परास्त गरि फर्की सकेका छन् । कोरोना भाईरस कोभिड १९ लाई परास्त गरी पर्की सकेका मध्य उमेरका हिसावमा सबैभन्दा जेष्ठ ब्यक्तित्व ७६ वर्षिय जिल्ला समन्वय प्रमुुख जयबहादुर श्रेष्ठले कोरोना संक्रमणको अवस्थामा आफ्नो अनुभव तथा अन्य सर्व साधरणमा सुझाव समेत दिएका छन् ।

उनले आफूले २१ वर्षदेखि उच्च रक्तचाप र १५ वर्षेखि कोलेस्ट्रोल प्रोष्टेटको औषधि सेवन गरिरहेको अवस्थामा पनि कोरोना जित्न सफल भएकाले कोरोना लागिहाले पनि आत्तिनु नपर्ने बताएका छन् । पाको उमेरमा कोरोना संक्रमित भएपछि आइसोलेसनमा रहँदा सामान्य व्यायाम, गुर्जो, तुलसी, बेसार, पानी, पौष्टिक आहारा, फलफूल लगायतका दूध, दही, झोलिलो पदार्थ प्रसस्त खाएको अनुभव विज्ञप्तिमा उल्लेख गरेका छन् । साथै उनले डाक्टरको सल्लाह अनुसार भिटामिन पनि खाएको र १५ दिनमा कोरोनामुक्त भएर फर्किएको अनुभव साटेका छन् । उनले कोरोना भाइरस लाग्नबाट भरसक जोगिन प्रयास गर्न अपिल गरेका छन् । कोरोना लागिहाले पनि नआतिन उनले अनुरोध गरेका छन् । उनले संक्रमितलाई घृणा होइन सहयोग गर्न र मनोबल गिर्ने खालका होइन उच्च हुने शुभ समाचार मात्र जानकारी गराउन भनेका छन् ।
उनले कोरोना संक्रमित भएर उपचाररत रहँदा मिसन अस्पतालकाका सम्पूर्ण टीम, जिल्ला कमाण्ड पोष्ट, आफन्त इष्टमित्र, सहयोगी, शुभचिन्तकहरुले सहयोग शुभकामना र हौसला प्रदान गरी मनोबल उच्च राख्न र त्यहाँ रहँदा सहयोग गर्नेहरुलाई धन्यवाद समेत दिएका छन् ।