आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

झापा कारागारमा कैदीबन्दीहरु त्रासमा


समृद्ध अनलाईन १२ आश्विन २०७७, सोमबार ०७:३४ मा प्रकाशित ( हफ्ता अघि) ७६ पाठक संख्या

अर्जुनधारा, असोज १२ गते । झापा कारागारमा कैदीबन्दीहरु त्रासमा रहेका छन् । विश्वमा महामाीका रुपमा फैलिएको कोरोना संक्रमण कारागारमा पनि देखिए पछि कैदीबन्दीहरु त्रासमा रहेका हुन् ।
कारागारमा अहिलेसम्म १० जनामा संकमण पुष्टि भइसके पछि नेपाल बार एसोसिएसन र मानवअधिकार तथा जन सरोकार समितिले झापा कारागारका कैदी बन्दीको उपचारमा गम्भीर हुन ११ गते एक विज्ञप्ति मार्फत सरकारको ध्यानाकर्षण गराएको छ । राज्यले समयमा कदीबन्दीहरूको परीक्षण र उपचारको प्रबन्ध मिलाउनु पर्ने बार एसोसिएसन झापाका सचिव भीम बरालले बताए । उनले आवश्यकतानुसार सुरक्षात्मक उपाय अवलम्बन गर्न पनि सरकारसँग आग्रह गरेका छन्। कैदीबन्दीको बाँच्न पाउने नैसर्गिक हक समेतको सम्मान गर्दै कारागारमा थप संक्रमण फैलिन नदिन तत्काल प्रभावकारी व्यवस्था मिलाउनु पर्ने अवस्था आएको जनसरोकार समितिकी संयोजक यज्ञलक्ष्मी चौलागाईंको भनाई छ ।

झापा कारागारमा कैदीबन्दी र प्रशासनका कर्मचारी समेत गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबैलाई मेची प्रादेशिक अस्पताल भद्रपुरको आइसोलेसनमा राखिएको छ । कैदीबन्दीको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्नु राज्यको आधारभुत दायित्व भएको भन्दै बार र समितिले बिज्ञप्ति मार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।