आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

भर्याङबाट लडेर र खोलाले बगाएर दुई जनाको मृत्यु


समृद्ध अनलाईन १२ आश्विन २०७७, सोमबार १३:०५ मा प्रकाशित ( हफ्ता अघि) १०६ पाठक संख्या

ओखलढुंगा, असोज १२ गते । ओखलढुंगा र उदयपुरका छुट्टा छुट्टै घटनामा दुई जना महिलाको मृत्यु भएको छ । ओखलढुंगामा भर्याङबाट लडेर एक जना र खोलाले बगाएर उदयपुरमा मृत्यु भएको हो ।
उदयपुरको रौतामाई २ की ५५ बर्षीया लुङगेली मगरलाई खोलाले बगाउदा उनको मृत्यु भएको छ  । मगर आईतबार बेलुका  ८ बजे माईती घरबाट फर्कने क्रममा रतुवा खोला तर्दै गर्दा उनलाई खोलाले बगाएको थियो । झण्डै दुई सय मिटर सम्म खोलाले बगाएपछी झारीमा अड्केको अवस्थामा मैयाको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कनुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्यस्तै गरि  ओखलढुंगाको मोलुङ ७ बस्ने ७१ बर्षीय पासाङ शेर्पाको लडेर मृत्यु भएको हो । अपरान्ह साढे ३ बजे आफ्नै घरको भर्याङबाट ओर्लने क्रममा अचानक लड्दा ओखलढुंगामा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कनुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।