आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

अर्जुनधारामा दुग्ध चिस्यान केन्द्र स्थापाना पछि विचौलियाको अन्त्य


समृद्ध अनलाईन १३ आश्विन २०७७, मंगलवार ११:०६ मा प्रकाशित ( हफ्ता अघि) १३० पाठक संख्या

अर्जुनधारा, असोज १३ गते । अर्जुनधारामा वडा नं. १ र २ मा दुग्ध चिस्यान केन्द्र स्थापना भए पछि विचौलियाको अन्त्य भएको छ । किसानले सिधै चिस्यान केन्द्रमा दुध पर्याउन थाले पछि वडा नं. १, २ विचौलियाको अन्त्य भएको हो ।
नगरमा किसानहरुले प्रसस्त मात्रामा दुध उत्पादन गरेपनि बजारभाउ नपाएको गुनासो आए पछि अर्जुनधारा नगरपालिकाले वडा नं. १ को सिस्नेमा र वडा नं. २ को बेलटारमा दुग्ध चिस्यान केन्द्रको स्थापना गरेको हो । गाईको प्रति लिटर रु ३८ देखि ८३ रुपैंया प्रति लिटर सम्म दुधको मुल्य पाउने गरेको र हरेक दिन २५० लिटर सम्म दुध संकलन हुने गरेको खुदुनाबारी दुग्ध संकलन तथा चिस्यान केन्द्रका भक्त बहादुर न्यौपानेले बताए । चिस्यान केन्द्रमा दुध लिन थाले पछि किसानहरु उत्साही भएको उनको भनाई छ ।
चिस्यान केन्द्र स्थापना भन्दा पहिला दुधको मुल्य २८ देखि ३० रुपंैया पाउने गरेको भए पनि अहिले चिस्यान केन्द्र स्थापना भए देखि आफुहरुले दुधको मुल्य सोचेजस्तै पाएको किसान योग प्रसाद बरालले बताए । पसहला २८र३० रुपैया पाउने गरेको प्रतिलिटर दुधम अहिले ७५ रुपैया सम्म पापउन थालेको र चिस्यान केन्द्र स्थापना पछि आफुहरु खुसी भएको उनको भनाई छ ।
किसानहरुले आफ्नै संस्था नहुँदा विचौलियाको विगविगी रहेको थियो ।तर अहिले भने चिस्यान केन्द्र स्थापना पस्चात नेपाल सरकारले तोकेको मुल्य ५० देखि ८३ रुपैयाँ पाएर किसानहरु आफैले मुनाफा पाउने अर्जुनधारा नगरपालिका पशुपंक्षी मत्स्य तथा कछुवा शाखा प्रमुख पदम राईले बताए ।
नगरमा स्थापना भएका दुईवटा चिस्यान केन्द्रमा हाल दैनिक बेलटारमा २५० लिटर र सिस्नेमा १५० लिटर गरि ४ सय लिटर दुध संकलन हुँदै आएको छ । दुध उत्पादनमा समस्या नहोस भनेर थुनेलो रोगको औषधि समेत किसानलाई वितरण गर्दै आएको छ । नगरपालिकाले चालु आव ०७७ र ०७८ मा वडा नं. ९ र १० मा पनि चिस्यान केन्द्र स्थापना गरिने पशुपंक्षी विकास शाखाले जनाएको छ । नगरपालिकाले गरिविको दलदल र शोषणको चंगुलमा फसेका किसानलाई मुक्तिः दिने कार्यक्रम गरि रहेका कारण यहाँका किसान पशुपालनमा निकै उत्साहित भएका छन्् ।