आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

अर्जुनधाराका थप दुई जनामा संक्रमण पुष्टि


समृद्ध अनलाईन १३ आश्विन २०७७, मंगलवार १५:४८ मा प्रकाशित ( हफ्ता अघि) १७२ पाठक संख्या

अर्जुनधारा, असोज १३ गते । अर्जुनधारा नगरपालिकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नं. ३ र ९ मा दुई पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यस अघि खुदुनाबारीका व्यक्तिमा संक्रमण पुष्टि भएका व्यक्तिको परिवारका थप एक सदस्यमा संक्रमण पुष्टि भएको बताईएको छ । त्यस्तै, काठमाडौँ गएर झापा आएका अर्जुनधारा ९ का एक व्यक्तिमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले भद्रपुरमा स्वाब संकलन गराएका थिए ।
अर्जुनधारामा हाल सम्म ३० जनामा सक्रमण भएकोमा हाल ४ जना मात्रै सक्रिय संक्रमित रहेको नगरपालिकाले जनाएको छ । नगरमा हाल ३० जना क्वोन्टाईमा रहेको बताईएको छ ।