आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

एक हजार ५१३ सङ्क्रमीत थपिए, कहाँ कति थपिए


समृद्ध अनलाईन १३ आश्विन २०७७, मंगलवार १६:३० मा प्रकाशित ( हफ्ता अघि) ७१ पाठक संख्या

अर्जुनधारा, असोज १३ गते । नेपालमा कोरोना भाइरसका एक हजार ५ सय १३ जना नयाँ सङ्क्रमित थपिएका छन् । २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणमा एक हजार ५ सय १३ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार ८९१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हालसम्म दश लाख नौ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा हाल नेपालमा २० हजार ३९६ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ७३१ ज्ना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ५५ हजार ३७१ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो चौबीस घण्टामा दश जना सङ्क्रमितको निधन भएको छ ।
हेरौं कहाँ कती