आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

विर्तामोडबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित २ जना पक्राउ


समृद्ध अनलाईन १४ आश्विन २०७७, बुधबार १२:५२ मा प्रकाशित ( हफ्ता अघि) ७२ पाठक संख्या

अर्जुनधारा,असोज १४ गतेझापाको बिर्तामोडको शैनिकमोडबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा कचनकवलका २२ बर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ बर्षीय नर बहादुर राजवंशी रहेका छन ।  हिजो साँझ साढे ६ बजे विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा  प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा  १३ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ । साथै उनिहरुको साथबाट नगद  ९ हजार रुपैंया  समेत फेला पारी बरामद गरिएको छ भने पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।