आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

राष्ट्रपतिले गरिन ट्रम्पको स्वास्थ्यलाभको कामना


समृद्ध अनलाईन १८ आश्विन २०७७, आईतवार १५:१६ मा प्रकाशित ( हफ्ता अघि) ७८ पाठक संख्या

अर्जुनधारा, असोज १८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् ।राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति ड्रम्पलाई पठाएको सन्देशमा स्वास्थ्य लाभको कामना गरेकी हुन् ।
उनले कोभिड–१९ को अहिले समय महामारी नियन्त्रण, त्यसपछि स्वास्थ्य, अर्थतन्त्र र जनताको कल्याणका लागि ठोस कदम आवश्यक भएको बताएकी छिन् । राष्ट्रपति भण्डारीले बहुआयामिक नेपाल–अमेरिका सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास समेत व्यक्त गरेकी छिन् ।