आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

जन्मदिनमा झापा नाटक घरलाई पत्रकार गिरीको सहयोग


समृद्ध अनलाईन १८ आश्विन २०७७, आईतवार २१:३० मा प्रकाशित ( हफ्ता अघि) १०७ पाठक संख्या

विर्तामोड, असोज १८ गतेे । क्षितिज नाट्य समूह झापाको अगुवाईमा झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरका लागि पूर्वाञ्चल दैनिकका प्रधानसम्पादक एकराज गिरीले रकम प्रदान गरेका छन् ।
वीरता जेसीजको आयोजनामा निर्माणाधिन झापा नाटक घर परिसरमा आयोजित कार्यक्रममा प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रुपमा निर्माण भइरहेको झापा नाटक घर निर्माणमा सवै जातजाति, भाषाभाषीको अपनत्व गराउने उद्देश्यले झापा नाटक घर निर्माण समितिको आह्वानमा शुरु गरिएको एक व्यक्ति एक इँटा समर्पण अभियान अन्तर्गत आफ्नो जन्मोत्सवको अवसर पारेर प्रधानसम्पादक गिरीले झापा नाटक घर निर्माणका लागि पाँच हजार एक सय रुपैयाँ प्रदान गरेका हुन् ।

वीरता जेसीजका अध्यक्ष मिजाश पोखरेलको अध्यक्षता तथा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष , पूर्वाञ्चल दैनिकका प्रधानसम्पादक , वीरता जेसीजका पूर्व अध्यक्ष , नेपाल जेसीजका निवर्तमान राष्ट्रिय तालिम आयुक्त समेत रहेका गिरीले झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सहसंयोजक कुमार भट्टराई, क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्तरण गर्दै प्रधानसम्पादक गिरीले बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि झापाका सबै संघ–संस्थाहरुलाई उत्प्रेरणामुलक सन्देश दिने उद्देश्यले एक व्यक्ति एक इँटा समर्पण अभियानमा सहयोग पुर्याउन रकम प्रदान गरेकोे बताए ।पछिल्लो समय जन्मदिन , विवाह वर्षगाठ लगायतमा फजुल खर्च गर्ने प्रवृत्ति वढ्दै गएकोले त्यसलाई निरुत्साहित गर्न सामाजिक उत्तरदायित्व अन्र्तगत आफूले रकम प्रदान गरेको उनले बताए ।
कार्यक्रममा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सहसंयोजक कुमार भट्टराईले पत्रकार गिरीले झैं अरुले पनि यसप्रकारको कार्य गरे झापा नाटकघर निर्माणमा ठूलो सहयोग मिल्ने बताए ।