आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

आन्तरिक पर्यटन प्रवर्धनमा हलुवागढ सामुदायिक वन अग्रसर


समृद्ध अनलाईन १९ आश्विन २०७७, सोमबार १४:३८ मा प्रकाशित ( हफ्ता अघि) १६७ पाठक संख्या

अर्जुनधारा, असोज १९ गते । केही समय अगाडी सम्म सुनसान खोल्सीका रुपमा रहेको अर्जुनधारा नगरपालिाको हलुवागढ सिमसार क्षेत्र अहिले रमणिय तथा पर्यटकिय क्षेत्रका रुपमा चिनिन थालेको छ । अर्जुनधारा नगरपालिका वडा नं. १ मा रहेको हलुवागढ सामुदायिक वनले आन्तरिक पर्यटन प्रवर्धन गर्नका लागि पर्यापर्यटन क्षेत्र बनाउन थाले पछि यो क्षेत्र आन्तरिक पर्यटकको गन्तब्य बन्दै गएको हो ।


अर्जुनधारा नगरपालिकाकाको वडा नं. १ मा रहेको हलुवागढ सामुदायिक वन आन्तरिक पर्यटन प्रवर्धन गर्न अगाडी बढी रहेको छ । सामुदायिक वनको कालीखोेला सिमसार क्षेत्रमा पर्यटकिय हव बनाउदै सामुदायिक वन पर्यटन प्रवर्धनमा लागेको हो । १० वर्ष अगाडी सम्म खोल्साको रुपमा रहेको कालीखोला सिमसारमा समुदायिक वनले यस क्षेत्रमा पर्यटकिय क्षेत्र निर्माण गर्न सुरु गरे संगै त्यस्तो खोल्सीमा के गरेको होला भन्ने आफुलाई लाग्ने गरेको भए पनि अहिले मान्छेहरुको घुँईचो देख्दा खुसी लागेको निर्माण समितीकी सचिव तथा कालीखोला सिमसार पयापर्यटन क्षेत्रमा होटल संचालन गर्दै आउनु भएकी शोभा काफ्लेको भनाई छ ।
अहिले अर्जुनधारा नगरपालिकाको सहयोगमा सुरुङमार्ग निर्माण गरिरकेको र सुरुङमार्गको छेउमा विभिन्न जातजाती धर्म संस्कारमा प्रयोग हुने सामाग्रीहरु राखि पुर्खाले प्रयोग गरेका सामाग्रीहरु लोप हुने अवस्थामा रहेका कारण भावि पुस्तालाई त्यस्ता सामाग्री चिनाउाको लागि सहज होस भनेर संग्राहलय निर्माण गरि रहेको हलुवागढ सामुदायिक वन उपभोेक्ता समितीका सचिव तारा आचार्यले बताईन् ।


पर्यटनले सर्वसधरणको आयश्रोत बढ्छ भन्ने उद्देश्यले सामुदायिक वनले आन्तरिक पर्यटनको गन्तब्य क्षेत्र बनाउनका लागि हलुवागढ पर्यापर्यटन विमास परियोजना मार्फत ०७५ देखि निर्माण कार्य सुरु गरेको थियो । संघ प्रदेश तथा स्थानीय संघसंस्था र स्थानय सरकारबाट १ करोड ३१ लाख र तथो सामुदायिक बनको काृषबाट १ करोड २० लाख खर्च गरी निर्माण कार्य भई रहेको सामुदायिक वनका अध्यक्ष चक्र तामाङले बताए ।


सामुदायिक वनले कालीखोला सिमसार क्षेत्रमा संग्राहलय सहितको सामुदायिक भवन, तिनवटा जलाशय, पोखरीको विचमा शिवको मुर्ती, पोखरीमा वोटीङ, बाल उद्यान, सुरुङमार्ग, विभिन्न जातजाती तथा धर्मसस्कृतीका मन्दीर निर्माण गरि रहेको छ । हाल सममुदायिक बनले वन क्षेत्रमा घाईते भएका तथा कसैले विभिन्न उदेश्य राखि नियन्त्रण गरेका विभिन्न पशु पंक्षिलाई समेत उद्धार गरि आफैले सम्रक्षण गरि रहेको छ । सामुदायिक वनले स्थानीय ठाउँ सातकटेरी बस्तिमा सातकटेरी भिलेजमा हाहेमस्टे, पोखरीको विचमा रेष्टुरेण्ट तथा मदनभण्डारी मार्ग पर्यटन रिसोर्ट निर्माण गर्ने गुरु योजना रहेको सामुदायिक बनले जनाएको छ ।