आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

धनकुटाकी कोरोना संक्रमित महिलाको धरानमा मृत्यु


समृद्ध अनलाईन २५ आश्विन २०७७, आईतवार ०८:५१ मा प्रकाशित ( हफ्ता अघि) ८२ पाठक संख्या

धनकुटा, असोज २५ गते । धनकुटाकी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत धनकुटाकी १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय धनकुटाका अनुसार मृत्यु हुनेमा धनकुटाको निगालेकी महिला हुन। धरानमा उपचाररत धनकुटा निवासी ६५ वर्षीय महिलाको आइतबार बिहान ६ बजे मृत्यु भएको हो।

प्रतिष्ठानमा उपचारको क्रममा एक हप्ता अघि पिसिआर गरेकि महिलाको मृत्यु भएको प्रतिष्ठानलाई उद्धृत गर्दै स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ।

यता मृतकका ६७ वर्षिय श्रीमानलाई पनि कोरोना संक्रमण भएको छ। उनको धनकुटाको आइसोलेसनमा उपचार भइरहेको छ। धनकुटामा हालसम्म ६० जनामा कोरोना संक्रमण भएकोमा ४५ जना उपचारपछि घर फर्केका छन।