आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ


समृद्ध अनलाईन २५ आश्विन २०७७, आईतवार ११:५५ मा प्रकाशित ( हफ्ता अघि) ७१ पाठक संख्या

झापा,असोज-२५ गते । झापा कमल गाँउपालिका-२ त्रिवेणी चौकका ३४ बर्षीय रामजी थापा आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन । शनिबार साझँ ६ बजे थापाले २४ बर्षीया आफ्नै श्रीमती रिता थापाको हत्या गरेका हुन ।
घरायसी विषयमा बाद-बिवाद हुदा एक्कासी थापाले आफ्नै श्रीमती रितालाई धारले घाँटीमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । श्रीमतीको हत्या गर्ने थापालाई तत्काल पक्राउ गरी कर्तब्य ज्यान अन्तरगत मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।