आज:  | Fri, 23, Oct, 2020
FLASH NEWS

झापामा बालबालिकाकोलागि शिक्षा तथा सञ्चार मञ्च


समृद्ध अनलाईन २५ आश्विन २०७७, आईतवार १७:३७ मा प्रकाशित ( हफ्ता अघि) १२८ पाठक संख्या

अर्जुनधारा, असोज २५ गते । बालबालिका र शिक्षाको क्षेत्रमा स्थानीय तहसँग हातेमालो गरी अघि बढ्ने उद्धेश्यले झापामा बालबालिका तथा शिक्षा सञ्चार मञ्च नेपाल गठन गरीएको छ ।
बिर्तामोड नगरपालीकाको सभाहलमा आईतबार आयोजीत एक कार्यक्रमका बिच झापाका १५ स्थनानीयतहका कम्तिमा १ जना सञ्चारकर्मी सदस्य रहने गरी तदर्थ समिति गठन गरीएको हो ।
सञ्चारकर्मी सरोज पौडेलको नेतृत्वमा गठित समितिमा कार्यसमितिमा अर्जुनधाराबाट शुष्मा तिखत्री र पुष्पा लिम्बु, मेचीनगरबाट प्रकाश पौडेल, बुद्धशान्तिबाट आयुष निरौला, भद्रपुरबाट द्रोण अधिकारी, गौरीगञ्जबाट आत्माराम राजबंशी, रहेका छन् । त्यस्तै गरि हल्दिबारीबाट नेत्र बिमली, गौरादहबाट सृजन घिमिरे, कचनकबलबाट घनश्याम अर्याल, कनकाईबाट चन्द्र बस्नेत, कमलबाट उमानाथ भण्डारी, झापाबाट केशव चापागाई लगायत रहेका छन् ।
आगामी कार्तिक १ गते बिर्तामोडमा बस्ने मञ्चको पहिलो बैठकले समितिलाई पूर्णता प्रदान गर्ने बताइएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले सडक बालबालिकाको व्यबस्थापन र उनीहरुलाई उचित शिक्षाको पहुँचमा पुर्याउन स्थानीय सरकारले प्रभावकारी रुपमा काम गरीरहेको बताउँदै नवगठित समितिले बालबालिका र शिक्षाको क्षेत्रमा स्थानीय तहसँग पुलको काम गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा नगर उप– प्रमुख पवित्रा महतरा प्रसाई , शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतको आतीथ्य रहेको थियो । आगामी दिनमा मञ्चको बिभिन्न जील्लामा समेत शाखा बिस्तार गरीने संयोजक पौडेलले जानकारी दिए ।