आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

कुन देशका कुन शहरमा दशैँटीका कहिले


समृद्ध अनलाईन २५ आश्विन २०७७, आईतवार १८:१२ मा प्रकाशित ( हफ्ता अघि) ७५ पाठक संख्या

अर्जुनधारा, असोज २६ गते। अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले विश्मा रहेका नेपालीहरुले मनाउने दशैको साईत सार्वजानिक गरेको हो ।
बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते ९अक्टोबर २६० बिहान १०–१९ बजेको साइत उत्तम रहेको जनाएको छ । यसैगरी भारतको दिल्लीमा बिहान १०–३५, अमेरिकाका न्युयोर्कमा अक्टोबर २५ ९कात्तिक ९ गते० बिहान ११स्०५, केन्टुकीमा बिहान ११स्०७, टेक्सासमा बिहान ११स्५७ र क्यालिफोर्नियामा ११स्४५ बजेको साइत दिइएको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले बताउनुभयो ।

यसैगरी बेलायतको लण्डनका लागि बिहान ११ः३९, क्यानडाको टोरन्टोका लागि बिहान ११स्४३, पोर्चुगलको लिस्बनका लागि बिहान ११स्३७ र फ्रान्सको पेरिसका लागि बिहान ११–४१ बजे विजयादशमीको टीका लगाउनु शुभ रहेको समितिले जनाएको छ । यी शहरमा पनि अक्टोबर २५ तारिखका दिन विजयादशमी पर्व मनाइन्छ ।
जापानको टोकियोमा अक्टोबर २६ तारिखका दिन बिहान ११–३५, अष्टे«लियाको सिड्नीमा बिहान ०९–४३, अष्टे«लियाकै मेलबर्न शहरमा बिहान ९स्५३ बजे, अष्टे«लियाकै ब्रिसबेनमा बिहान ९–५१, मलेसियाको क्वालालम्पुरमा बिहान १०–३५, संयुक्त अरब इमिरेट्सको अबुधाबीमा बिहान १०–४३, कतारको दोहामा बिहान १०–२१, थाइल्याण्डको बैङ्ककमा बिहान १०–३३, दक्षिण कोरियाको सोलमा बिहान १०–२७, इजरायलको तेल अभिभमा बिहान १०स्३७, सिङ्गापुरमा बिहान १०स्४१, हङकङमा बिहान १०–४९, साउदी अरबमा बिहान १०–२५, न्युजिल्याण्डको वेलिङ्टनमा बिहान १०–१५ बजेको समयमा दशैँको टीका लगाउन उत्तम हुने जनाइएको छ । यी शहरमा पनि अक्टोबर २६ तारिखकै दिन विजयादशमी मनाउनुपर्ने समितिले जनाएको छ ।
विभिन्न देशमा फैलिएका नेपाली एवं वैदिक सनातन धर्मावलम्बीले दशैँको टीका लगाउन शुभसाइत माग्न थालेपछि समितिले ती देशका स्थानीय समयानुसार शुभ हुने बेलामा साइत दिइएको जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसअघि नै नेपालका लागि दशैँका विभिन्न साइत सार्वजनिक गरिसकेको छ ।