आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

कोरोनाको कहरमा पैसाले गरेन काम (अनुभव)


समृद्ध अनलाईन २६ आश्विन २०७७, सोमबार १०:०२ मा प्रकाशित ( हफ्ता अघि) २२१ पाठक संख्या

३० दिनको आइसोलेसन र कोरोना अनुभव

–दिर्ग खत्रि

कोरोना महमारीको विश्वव्यापी सक्रमणका सन्देशका वीच सावधानी आपनाएर आफ्ना दैनिक गतिविधिलाई निरन्तरता दिन निक्कै प्रयान्त गरिरहेको थिएँ । प्रयासहरु फिक्का सावित हुदै लकडाउनका कारण थुप्रै दैनिक कामकाज प्रभावित भइरहेका थिए । सबै यात्राहरु प्रभावित भएका थिए । घरबसाइका क्रममा भाद्र १८ गते वेलुका देखि १९ गते रातीसम्म आएको ज्वरो र शरिरका जोर्नी दुखाई कम भइसकेको थियो, तर पनि कोरोना सक्रमण हुन सक्दछ भन्ने आशंका भएकाले २१ गते स्वाब टेष्टका लागि पठाइयो ।
भाद्र २३ गते खबर आयो जिल्लाभरीमा म लगायत ९ जनालाई कोरोनाको सक्रमण देखिएको रिपोर्ट आयो, म एक्कासी छाँगाबाट खसे झै भएर सम्पर्कमा रहेका सबैलाई सुरक्षित रहन आग्रह गरेँ आफु पनि सुरक्षित भएँ । आइसुलेसन वस्न सामुदायिक अस्पताल लागेँ । प्रयाप्त जडीबुटी, झोलिलो खानेकुरा र व्यायम गरेर कोरोना सक्रमण साजिलै मुक्त हने तयारी गरँे । स्वस्थ्य अवस्था सामान्य रहेकोले मैले कुनै पनि औषधीको प्रयोग गर्नु परेन ।
भाद्र २८ गते जिल्लामा एकैपटक १८ जना सक्रमित थपिए । ओखलढुंगामा रहेका आइसुलेसन बेड अभाव भई सकेको थियो । सोही दिनको मध्येरातमा सक्रमित एक महिलालाई राति १२ः४५ बजे प्रसुति व्यथाका कारण प्रताडित भईन । उनको उद्धार गर्न सगै आइसुलेसनमा रहेका पार्टी सभापति प्रदिप सुनुवार खबर आयो । उनको उद्धारको लागि प्रयात्न ग¥यौ । त्यो रात तिनै महिलाको उद्धारमा वित्यो । आइसुलेसनको प्रसुति कक्षमा पु¥याउन वितिकै उनि छोराको आमा बनिन ।
२९ गते म मात्र हैन परीवारका सबैलाई संक्रमण भउका कारण परिवारका सबै जना रुम्जाटार अस्पतालको आइसुलेसनमा गइयो ।
खानपानको व्यवस्थापन
कोरोनाको कहर फैलिएसँगै बजार पसल लगायत सबै क्षेत्र ठप्प भएको खबरहरु आइरहेका थिए । साथमा पैसा भएर पनि कुनै खानेकुरा किन्न सकिन । मनमा लागेको कुरा खानपाउने संभावना नै थिएन । आइसुलेसन दालभात तरकारीले ११ दिन सम्म दैनिकी गुजार्ने प्रयास गरियो । सरकारी नितिमा दैनिक ४ पटक पोसिलो खानेकुरा खानुपर्ने व्यवस्था कार्यन्वयन गर्न सकिएन ।
फलस्वरुप दोस्रो पटक सक्रमण दोहोरियो । बर्णालु र रुम्जाटारमा रहेका सबै साथीभाईसँग हारगुहार गरियो । दैनिक लोकल कुखुराको र खसीको सुप, हरियो साग सब्जी, सुप अण्डा, बजारमा पाइने रेडिमेट सुप, मह, हर्लिक्स, काजु, आल्मोन, बेसारपानी, अदुवापानी, दुध, फलफुल आदि खानेकुरा सीमा नागेर खाइयो । तुलसीको पात, गुर्जाे, आयुर्वेदिक औषधी र अस्पतालले दिएका भिटामिन ट्ब्लेट नियमिति सेवन गरियो । दिनमा ३ पटक फरक÷फरक फ्लेबर भएको तातोपानीको बाफ लिने गरियो । फलस्वरुप सक्रमणमुक्त हुन सफल भइयो ।
रिर्पोटको प्रतिक्षा
ओखलढुंगाको पिसिआर रिर्पोट आउन छिटोमा ३ देखि ५ पाँच दिन लाग्ने रहेछ । नजिकको ल्याव बनेपामा स्वाब पु¥याउन सहज सवरी साधन अभाव रहेछ । सक्रमितलाई पिसिआर टेष्ट भएका दिन देखि रिर्पोटको कहर शुरु हुदो रहेछ । मेरा लागि ४ पटक सम्म रिर्पोटको प्रतिक्षा अवधि कष्टकर नै रह्यो । शुरुमा परिवारका सबै सदस्य ४ जनालाई सक्रमण देखिएपछि आफु विछिप्त बनेँ ।
असोज ८ गते दोस्रो रिर्पोट पनि परिवारका सबै सदस्यको सक्रमाणमुक्त नभएको खबरले खपिसक्नु भएन । परिवार नै सखाब भएको आभास भई स्तव्ध बनायो ।
असोज १३ गते अत्यन्तै मर्माहित हुदै परिवारका सदस्यहरु लगायत सबै सक्रमणमुक्त भएाका साथिहरुलाई विदाई गरेँ । तेस्रो रिर्पोट अध्ययन गर्न दिएर भने जिल्लाभरीमा तपाई मात्र सक्रमित हुनुहुन्छ । आफुले त्यसलाई सहज रुपमा लिने अभ्यास गरेँ । शुसिला लगायत ४ जना बसेर खबर सुनाएँ । सबै स्तब्ध भए, नआत्तिन आग्रह गरेँ । उनिहरुलाई घरमा जान सुझाउदै आफुु सामुदायिक अस्पतालको आइसुलेसनमा बस्ने निधो गरेँ । चौथो रिर्पोटको प्रतिक्षा मेरो लागि थप पिडादायी थियो । १९ गते १ बजे यस पटक भने मलाई कोरोना सक्रमणमुक्त भएको खबर प्राप्त भयो तब म फुरुगं हुदै खुशी साट्न शुरु गरें ।
आइसोलेसनको व्यवस्थापन
सामुदायिक अस्पतालमा दिनमा दुइपटक स्वस्थ्यकर्मीले गर्ने स्वस्थ्य जाँच र दिन विराएर विषेशज्ञ डाक्टरले दिएको सेवाले मनोवैज्ञानिक रुपमा कोरोना जित्न सहज बनायो । रुम्जाटारमा डक्टारहरुको लागि बन्दै गरेको क्वटारलाई आइसोलेसन बनाएको हुदाँ सुविधा सम्पन्न रहकोे आशा थियो तर ठेकेदारका कारण कुरुप रहेछ, कोठाहरुमा पानीको आहाल बनेका रहेछन । अस्पतालका कर्मचारी र स्वस्थ्य कार्यालय प्रमुखको समन्वयमा आधारभुत समस्या साधान गरियो । आइसुलेसन सुधार्न टिमको अत्यन्तै राम्रो साथ पाइयो । परिवारका सबैलाई दोस्रो पटक पनि सक्रमण देखिए पछि स्वस्थ्य परिक्षणको व्यवस्था मिलाउन अस्पताल प्रशासनसँग अनुनय विनय गरेँ । आइसुलेसनमा स्वस्थ्य जाँचको कुनै प्रबन्ध भएन । विभिन्न सञ्चारमाध्यमबाट परिवारका सदस्य शुभेच्छुक शुभचिन्तकहरुलाई आफुले कोरोना छिट्टै जित्ने आत्मविश्वास प्रवाह गरी रहेँ । अन्ततः टेलिमेडिसियन सेवाले नै कोरोना जित्न अस्त्र बन्यो ।
समुदायको सद्भाव
कतिपयले कोरोनाको प्रवाह नै नगरी सहयोग गरि रहे । उनिहरुप्रति म सधैं नतमस्तक छु । कोभिड १९ सरुवा सक्रमण भएकोले स्वस्थ्य माफदण्ड पालना गर्न सक्रमित लगायत सबैका लागि महत्वपुर्ण छ । आफु सुरक्षित रहन खोज्नु ठिकै हो, तर माफदण्ड भन्दा माथी उठेर स्वस्थ्यकर्मी र समुदायले गर्ने अपमानले कतै आफुले ठुलो अपराध त गरेको छुइन ? भन्ने प्रश्न खडा भइरह्यो । त्यही भिडमा रहेका कतिपयले भने आफुलाई कुर्वानी गरेर सहयोग पु¥याए । भनिन्छ संकटका बेलामा सच्चा साथीको पहिचाहन हुन्छ, असल मित्रको पहिचान गर्ने अवसर पनि मिल्यो । त्यही व्यवहारका कारण भोलीका दिनमा कोरोनाको कहर मेटाउन कुनै कसुर बाँकी राख्दिन भन्ने आफुलाई दृढ संकल्पीत बनाएँं ।