आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

‘चङ्गा उडाउने हो’ गीत सार्वजनिक


समृद्ध अनलाईन २६ आश्विन २०७७, सोमबार १५:४८ मा प्रकाशित ( हफ्ता अघि) ७९ पाठक संख्या

अर्जुनधारा, असोज २६ गते । नेपाली साङ्गितीक क्षेत्रमा ‘चङ्गा उडाउने हो’ गीत सार्वजनिक भएको छ । हिन्दु नेपालीहरुको महान पर्व वडा दशैंको अवसर पारेर चंगा उडाउने हो गीत सार्वजनिक भएको हो ।
कृष्ण उदासिको शब्द रहेको गीतमा निरोज लामाको संगीत र लिला शिवाकोटी र किशोर शिवाकोटीको स्वर रहेको छ ।
गीतको भिडियोमा भने भिमफेदि गाइज, प्रियाना आचार्य र कमलमनि नेपालको अभिनय देख्न सकिन्छ । भिडियो के के म्युजिकको आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको छ । भिडियोमा नेपालीहरुको महान् पर्व दशैं तिहारको महत्व र विशेषगरि गाउँघरमा दशैं तिहार कसरी मनाइन्छ भन्ने कुरालाई देखाउन खोजिएको छ ।
नेपाली समाजमा रहेका कुरालाई गीतको म्युजिक भिडियोमा देखाइएकोले सबै दर्शक श्रोताले मन पराउने निर्माण पक्षले बताएको छ।
हेरौं भिडियोः

https://youtu.be/hgYx7xgM1iE