आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

अर्जुनधारामा २ सहित झापामा ११ जनालाई कोरोना


समृद्ध अनलाईन २६ आश्विन २०७७, सोमबार १७:३९ मा प्रकाशित ( हफ्ता अघि) १२६ पाठक संख्या

झापामा १२ जनाको मृत्यु

अर्जुनधारा, असोज २६ गते । पछिल्लो २४ घण्टामा अर्जुनधारामा २ सहित झापामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा भएको परिक्षणमा भापामा थप ११ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण भएका ११ मध्य ५ महिला र ६ पुरुष रहेका छन् । जसमा अर्जुनधारा नगरपालिका नम्बर १ र ३ का एक महिला र एक पुरुष छन् । उनीहरु ४८ वर्षीया र ५५ वर्षीय रहेको बताईएको छ । दमकमा ३ महिला र २ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । वडा नम्बर ५ र ८ का उनीहरु सबै स्थानीय रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
भद्रपुरमा ४ जना र दमकमा ५ जनामा संक्रमण पुष्टि भएको छ । भद्रपुरका संक्रमण हुनेमा १ महिला र ३ पुरुष रहेका र उनिहरु वडा नम्बर ४, ८ र १० का हुन् । संक्रमितमध्ये एक जना बैंकका कर्मचारी छन् भने २ जना स्वास्थ्यकर्मी रहेको जनाइएको छ । एक जना स्थानीय रहेका छन् ।
हालसम्म जिल्लामा संक्रमितको संख्या १ हजार १२१ पुगेको छ । जसमा ८ सय ८९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । २ सय २० जना सक्रिय संक्रमित हुँदा १२ जनाको मृत्यु भएको छ ।