आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

नारी सञ्चार गृहको अध्यक्षमा शिवाकोटी


समृद्ध अनलाईन २७ आश्विन २०७७, मंगलवार १२:०५ मा प्रकाशित ( हफ्ता अघि) ७८ पाठक संख्या

विर्तामोड, असोज २७ गते । झापाका पत्रकार महिलाहरुको छाता संगठन नारी सञ्चार गृहको अध्यक्षमा भीमा शिवाकोटी निवाचित भएकी छन् । मंगलबार विर्तामोडमा सम्पन्न तेस्रो अधिवेशनले शिवाकोटी सर्वसम्मत निर्वाचित गरेकोे हो ।
समितिको उपाध्यक्षमा रेजिना रोदन, सचिवमा भूमिका सुब्बा, सहसचिवमा सुशिला संग्रौला, कोषाध्यक्षमा जोसना श्रेष्ठलगायत चयन भएका छन् ।
विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराको प्रमुख आतिथ्यमा नारी सञ्चार गृहको तेस्रो अधिवेशन तथा छैठौं साधारणसभा उद्घाटन भएको थियो । संस्थाकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का सदस्य तीर्थ सिग्देल, महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, आदिवासी जनजाति पत्रकार महासंघका प्रदेश इञ्चार्ज दिपीन राई, प्रेस संगठन नेपालका जिल्ला अध्यक्ष मुक्ति पौडेललगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
झापामा महिला पत्रकारलाई पत्रकारिता क्षेत्रमा लाग्न, टिकाउन र व्यावसायिक सुरक्षा प्रदान गर्न सस्थाले अग्रणी भूमिका निर्वाह गरिरहेको छ ।