आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

आदर्श आमा पुरस्कारबाट दोलखाकी कार्की सम्मानित हुदै


समृद्ध अनलाईन २८ आश्विन २०७७, बुधबार १७:५३ मा प्रकाशित ( हफ्ता अघि) २३९ पाठक संख्या

अर्जुनधारा, असोज २८ गते । दोलखाकी अधिकारकर्मी सृजना कार्की गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार बाट पुरस्किृत हुने भएकी छन् । कार्कीलाई रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान झापाले गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार प्रदान गरिने भएको हो ।

अधिकारकर्मी कार्कीले १८ बर्षदेखि आफ्नो सम्पूर्ण उर्जा र समय संकटापन्न अवस्थामा रहेका बालबालिका, जेष्ठ महिला र किशोरीहरुको पुनस्र्थापना कार्यमा खर्चिदै आएकी छन् । प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले आज विज्ञप्ति निकालेर कार्कीलाई एक लाख एक हजार एक सय एघार रुपैंयाँ राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको बताएका छन् ।