आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

शंकर अस्पतालका ९ जनामा कोरोना पुष्टि


समृद्ध अनलाईन २९ आश्विन २०७७, बिहीबार १५:४३ मा प्रकाशित ( हफ्ता अघि) १०० पाठक संख्या

असोज,२८ अर्जुनधारा
अर्जुनधारा ७ स्थित शंकर अस्पतालमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ५ महिला र ४ पुरुष रहेका छन् ।

उपचारका लागि आएका सोही वडाका एक पुरुषमा असोज २३ गते संक्रमण पुष्टि भएको थियो । उनलाई ६ दिन राखेर उपचार गरिएको थियो ।

बिरामीमा संक्रमण देखिएपछि गरिएको कन्ट्याक ट्रेसिङका आधारमा अस्पतालले आफैँ थ्रोट स्वाब संकलन गराएको थियो । असोज २७ गते गरिएको स्वाबको रिपोर्ट आज आएको हो । जसमा ९ जनाको रिपोर्ट पोजेटिभ छ ।

नगर स्वास्थ्य शाखाका अनुसार संक्रमण पुष्टि भएका मध्ये २ जना स्वास्थ्यकर्मी रहेका छन् । ५ जना उपचाररत बिरामी र २ जना बिरामी कुरुवा रहेको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।