आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

ओखलढुंगामा आगलागी हुँदा घर जलेर नष्ट


समृद्ध अनलाईन २९ आश्विन २०७७, बिहीबार ११:४५ मा प्रकाशित ( हफ्ता अघि) १८ पाठक संख्या

ओखलढुंगा, असोज २९ गते । ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं ८ मा आगलागी हुँदा एक घर जलेको छ । आगलागीबाट स्थानीय ज्ञानबहादुर परियारको घर जलेर नष्ट भएको हो ।
खरको छाना भएको घरमा लागेको आगोका कारण सबै धनमाल जलेर नष्ट भएको छ भने लत्ता कपडा खाद्यन्न लगायत सबै जलेपछि परियारको बिचल्ली भएको छ । छिमेकीले घरमा लागेको आगो निभाए पनि आगोले घर पुर्ण क्षति भएको छ भने सम्पूर्ण धनमाल जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विद्युत सर्ट भएर आगो लागेको वडा अध्यक्ष हेमबहादुर तामाङको भनाई छ । पीडित घरबार बिहीन भएकाले सबैले सहयोग गर्न पनि उनले अपिल पनि गरेका छन् । दशैंको मुखैमा ज्ञानबहादुरको परिवार घरबार बिहीन भएपछि उनको विचल्ली भएको छ ।