आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

हचुमासा सामुदायिक वनको २४ औं साधरण सभा सम्पन्न


समृद्ध अनलाईन २९ आश्विन २०७७, बिहीबार १४:३२ मा प्रकाशित ( हफ्ता अघि) ९७ पाठक संख्या

अर्जुनधारा, असोज २९ गते । अर्जुनधारा नगरपालिका वडा नं. १ मा रहेको हचुमासा सामुदायिक वन उपभोक्ता समूहको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । विहीबार सामुदायिक वनको कार्यालयमा एक औपचारीक कार्यक्रमका विच साधरण सभा सम्पन्न भएका हो ।
सामुदायिक वनका अध्यक्ष युवराज लोहारको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्राममा गत आर्थिक वर्ष ०७६÷०७७को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष लोहारले हचुमासा सामुदायिक वनले स्थापना काल देखिनै कसैको साझेदारीमा काम नगरेका कारण यो वर्ष समयमा काठ चिरान गर्न नसकेका कारण वन सम्रक्षण लगायत गरिवी निवारणको कार्यक्रम रसामाजिक सुरक्षाका कार्याक्रम गर्न नसकेको बताए । कार्यक्रममा सामुदायिक वनलाई सफलताको शुभकामना दिदै अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानामगरले सामुदायिक वनले स्थानीय तहसग सहकार्य गरे गरिबी निवारणका काम हरु गर्न सकिने र सहकार्य गरे धेरै विकासका कामहरु गर्न सहज हुने बताए ।प्रस्तुत प्रतिवेदनमा


कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा आन्तरिक लेखा परीक्षण प्रतिवेदन कार्यालय सचिव श्रीप्रसाद नेपालले र चालु आर्थिक वर्ष ०७७÷०७८ को वार्षिक कार्यक्रम कोषाध्यक्ष अम्बरबहादुर सुब्बाले प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदनमा गत आर्थिक वर्ष ०७६÷०७७ मा ९७ लाख ५० हजार ८७ रुपैयाँ ४० पैसा बराबरको आर्थिक कारोबार गरेको समूहले चालु आर्थिक वर्षको लागि अनुमानित एक करोड २५ लाख ५८ हजार सात सय ८० रुपैयाँ ४० पैसा बराबरको कार्यक्रमहरु उल्लेख गरिएको छ ।
जसअनुसार समूहले वन विकासमा २९ लाख ४२ हजार चार सय ८८ रुपैयाँ ५७ पैसा, गरिबी न्यूनिकरणमा ४१ लाख १९ हजार चार सय ८३ रुपैयाँ ४४ पैसा, प्रशासनिक खर्चमा १७ लाख ६५ हजार चार सय ९२ रुपैयाँ ९० पैसा, काठ, दाउरा संकलन खर्चमा ११ लाख ७६ हजार नौ सय ९५ रुपैयाँ २७ पैसा, सामाजिक विकास खर्चमा १० लाख ५९ हजार दुई सय ९५ रुपैयाँ ७४ पैसा, कर व्यवस्थामा सात लाख ८८ हजार आठ सय २७ रुपैयाँ २३ पैसा, भैपरी तथा विपद् व्यवस्थापनमा एक लाख १७ हजार छ सय ९९ रुपैयाँ ५७ पैसा र साझेदारी कार्यक्रममा पाँच लाख ८८ हजार चार सय ९७ रुपैयाँ ६८ पैसा विनियोजन गरेको छ ।


कार्यक्रममा अर्जुनधारा नगरपालिकावडा नं. १ का वडाध्यक्ष गजाधर खतिवडा, कनकाई सब डिभिजन कार्यालयका रेन्जर राजेश घिमिरे, राष्ट्रिय सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, नगर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दिव्यप्रसाद कट्टेल, पूर्व अध्यक्ष वीजेन्द्रकुमार एक्तेन, नेपाल कम्युनिष्ट पार्टी९नेकपा० वडाका प्रतिनिधि वेनुकुमार राई, नेपाली काँग्रेस वडाका प्रतिनिधि चन्द्र प्रसाईंलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव प्रभा भण्डारी नेपालले गरेकी थिइन् ।