आज:  | Fri, 23, Oct, 2020
FLASH NEWS

जसपा खिजीदेम्बा–काठमाडौं सम्पर्क समितिमा राङडु शेर्पा


समृद्ध अनलाईन १ कार्तिक २०७७, शनिबार १९:२१ मा प्रकाशित ( दिन अघि) ४७ पाठक संख्या

लाक्पाजी शेर्पा
काठमाडौं, कार्तिक १ गते । जनता समाजवादी पार्टी खिजीदेम्बा–काठमाडौं सम्पर्क समितिको गठनभएको छ । पार्टीको शनिबार भएको भेलाले खिजीदेम्बा–काठमाडौं सम्पर्क समिति गठन गरेको हो ।

नवगठीत सम्पर्क समितिको अध्यक्षमा राङडु शेर्पा चयन भएका छन् । शेर्पाको अध्यक्षतामा ४३ सदस्यीय सम्पर्क समिति चयन भएको जनता समाजवादी पार्टीका प्रदेश नम्बर १ का सदस्य गम्बु शेर्पाले जानकारी दिए । समितिको बरिष्ठ उपाध्यक्षमा निर्मल सुनुवार, उपाध्यक्षहरुमा च्यामु शेर्पा, शन्तवहादुर तामाङ छन् । सचिवमा सुवास तामाङ, कोषाध्यक्षमा शेरजाङबु शेर्पा, सहसचिवमाआङ फूर्वा शेर्पा, कण्डि शेर्पा लगायत छन् ।

समितिका पदाधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि तथा जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य पर्शुराम खापुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।