आज:  | Wed, 25, Nov, 2020
FLASH NEWS

उदयपुरमा स्कारपिओ दुर्घटनामा पाँच जनाको मृत्यु


समृद्ध अनलाईन २ कार्तिक २०७७, आईतवार ०७:४३ मा प्रकाशित ( महिना अघि) ११९ पाठक संख्या

ओखलढुंगा, कार्तिक २ गते । उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा शनिबार राती स्कारपिओ दुर्घटना भएको छ । दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छभने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

भैरहवाबाट ओखलढुंगातर्फ आउँदै गरेको बा २० प ७१७१ नम्बरको स्कारपियो राती १२ बजे सिद्दिचरण लोकमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकामध्ये तीन जनाको पहिचान खुलेको छैन । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्की रहेका छन्।
दुर्घटनामा परेर मृत्यु भएकामध्ये अन्दाजी ३०–३२ वर्षका पुरुष, ३०–३५ वर्षका पुरुष र अर्की ३०–३५ वर्षकी महिलाको पहिचान भइनसकेको उदयपुरका एसपी भिम दाहालले बताए। पहिचान नखुलेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो। अहिले मृतकको शव र दुर्घटनामा परेको गाडी घटनास्थलमै रहेको प्रहरीले बताएको छ।