आज:  | Wed, 25, Nov, 2020
FLASH NEWS

खोटाङमा काँग्रेस र समाजवादी त्यागेर नेकपा प्रबेशको लहर


समृद्ध अनलाईन २ कार्तिक २०७७, आईतवार ०८:०० मा प्रकाशित ( महिना अघि) १०३ पाठक संख्या

खोटाङ, कातिक २ गते । खोटाङको दिप्रुङ चुइचुम्मा गाँउपालिकाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका १५१ जना नेता तथा कार्यकर्ता नेकपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा प्रबेश गरेका छन् । नेकपाले बतासेमा आयोजना गरेको कार्यकर्ता भेला तथा सङ्गठन सुदृढीकरण कार्यक्रमा नेपाली काँग्रेस तथा जनता समाजबादी पार्टीका नेता तथा कार्यकर्ता नेकपा प्रवेश गरेका हुन् ।
काँग्रेसका नेता रमेश राई, सुवास प्रधान र जनता समाजवादी पार्टीका ईश्वर कटुवाल, नेपाल महिला सङ्घकी प्रमिला थापा सहित १५१ जना नेकपा प्रवेश गरेका नेकपा दिप्रुङ चुइचुम्मा गाउँपालिकाका इन्चार्ज चर्चबहादुर विश्वकर्माले बताए । काँग्रेस र समाजवादी पार्टी परित्याग गरी नेकपा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई नेकपाका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य विशाल भट्टराई र नेकपाकै केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ लगायतले फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।

नेकपाले जिल्लाका दश स्थानीय तहमध्ये सातवटामाकार्यकर्ता भेला तथा सङ्गठन सुदृढीकरण कार्यक्रम गरि सकेको छ । कोरोना भाइरसका कारण साकेला, केपिलासगढी र खोटेहाङ गाउँपालिकामा उक्त कार्यक्रम नभएको नेकपा खोटाङका प्रचार बिभाग प्रमुख संगिन राईले बताए ।