आज:  | Wed, 25, Nov, 2020
FLASH NEWS

सांसद धर्मशिलाले दशैं खर्चवापत प्राप्त भत्ता समाजिक संस्थालाई प्रदान गर्ने


समृद्ध अनलाईन ३ कार्तिक २०७७, सोमबार १७:२१ मा प्रकाशित ( महिना अघि) १३६ पाठक संख्या

अर्जुनधारा, कातिक ३ गते । संघीय सांसद धर्मशिला चापागाईँले दशैं खर्चवापत सरकारबाट प्राप्त भत्ता समाजिक संस्थालाई प्रदान गर्ने घोषण गरेकी छन् । उनले एक विज्ञप्ति जारी गर्दै झापाका दुई संस्थालाई प्रदान गर्ने घोषणा गरेकी हुन् ।
विज्ञप्तिमा सांसद चापागाईँले नारी सञ्चार गृह झापा र सहीद प्रतिष्ठान नेपाल विर्तामोडलाई आधा–आधा रकम उपलब्ध गराउने जनाएकी छन् । उनले दशैं भत्ता बापतको रकम सबैले एक ठाउँमा जम्मा गर्नेमा एक मत हुन नसकेपछि गृह नगरमा रहेका क्रियाशील दुई संस्थालाई उपलब्ध गराउने निर्णय गरेको बताएकी छन् ।
सञ्चार माध्यममा सांसद तथा जनप्रतिनिधिले दशैंभत्ता लिएको समाचार प्रकाशन भएपछि सामाजिक सञ्जालमा त्यसको आलोचना भइरहेको अवस्थामा सांसद चापागाईले यस्तो निर्णय गरेकी हुन् ।  देश कोरोना संक्रमणको महामारीबाट गुज्रिरहेका बेला जनता पीडामा रहेकाले जनप्रतिनिधिहरु दशैंभत्ता लिएर रमाइलो गर्न उचित नभएको भनाइहरु आई रहेका छन् ।