आज:  | Wed, 25, Nov, 2020
FLASH NEWS

कोरोना संक्रमणका कारण अर्जुनधारामा एक बृद्धाको मृत्यु


समृद्ध अनलाईन ३ कार्तिक २०७७, सोमबार १७:५४ मा प्रकाशित ( महिना अघि) २२१ पाठक संख्या

अर्जुनधार, कातिक ३ गते । कोरोना संक्रमणका कारण अर्जुनधारामा एक बृद्धाको मृत्यु भएको छ । संक्रमणका कारण दमकमा बस्दै आएकी अर्जुनधारा नगरपालिका वडा नं. ४ की एक बृद्धाको निधन भएको हो ।
आज दमक ठेगाना भएका दुई जना कोरोना संक्रमितको निधन हुँदा एक जना बृद्धा अर्जुनधारा नगरपालिका निवासी रहेको बताइएको छ । दमक नगरपालिका वडा नं ५ की ६७ वर्षीया बृद्धा र वडा नं ४ का ८२ वर्षीय बृद्धको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु भएकामध्ये दमक ५ ठेगाना उल्लेख गरिएकी बृद्धा झापा अर्जुनधारा ४ की रहेको बताईएको छ ।
उनी दमकस्थित छोरीको घरमा बसेर उपचार गराइरहेकी थिइन् । दुवै संक्रमितहरुको शवको कनकाई माईमा अन्त्येष्टि गरिएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १८ पुगेको छ ।