आज:  | Wed, 25, Nov, 2020
FLASH NEWS

उदयपुरको कटारी नगरपालिका प्रमुख सहित ४ जनालाई कोरोना पुष्टि


समृद्ध अनलाईन ४ कार्तिक २०७७, मंगलवार १०:११ मा प्रकाशित ( महिना अघि) ६९ पाठक संख्या

उदयपुर, कात्तिक ४ गते । उदयपुरको कटारी नगरपालिकाका मेयर र प्रमुख प्रशासकिय अधिकृत सहित ४ जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ।

कटारीका मेयर, प्रमुख प्रशासकिय अधिकृत, इलाका प्रशासन कार्यालय कटारीका प्रमुख सहित थप एक जनामा गरि ४ जनाको कोरोना रिर्पोट पोजेटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले जानकारी दिए ।
१ गते कटारीमा १३ जनालाई कोरोना लागेपछि उनीहरुको स्वाब २ गते संकलन गरेर वि.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र आज कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।

स्वास्थ्य प्रमुख सुवेदीका अनुसार, उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यस अघि उदयपुरमा जिल्ला समन्वय प्रमुख र बेलका नगरपालिकाका मेयरलाई समेत कोरोना लागि सकेको छ । यो सहित जिल्लामा २०४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।