आज:  | Wed, 25, Nov, 2020
FLASH NEWS

एलिना र रमेशको ‘ए झ्याउरी’ बजारमा


समृद्ध अनलाईन ५ कार्तिक २०७७, बुधबार १०:१९ मा प्रकाशित ( महिना अघि) ७७ पाठक संख्या

विराटनग, कातिक ५ गते । एलिना चौहान र रमेश बानियाको स्वर रहेको ‘ए झ्याउरी’ बोलको गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा गायक तथा संगीतकार प्रेम घिमिरेले संगीत भरेका छन् भने शब्द रमेश बानिया कै रहेको छ । संगीत संयोजनका साथै मिक्सिङ र मास्टरिङ भने दिनेश न्यौपानेले गरेका हुन् ।
बिक्रम कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोमा गायक गायिकाले नै अभिनय गरेका छन् । छायाङ्कन प्रवेश राईले गरेका छन भने सम्पादन सुभास शाहाको रहेको छ ।