आज:  | Wed, 25, Nov, 2020
FLASH NEWS

सरकार विरुद्ध प्रतिवन्धित नेकपा


समृद्ध अनलाईन ५ कार्तिक २०७७, बुधबार ०९:२९ मा प्रकाशित ( महिना अघि) १२१ पाठक संख्या

काठमाडौं, कातिक ५ गते । नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो
विरोध कार्यक्रममा कात्तिक १५ गते कोणसभा, १७ गते पर्चा वितरण र २० गते विरोध जुलुस निकाल्ने नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कोरोनाको निःशुल्क परीक्षणबाट पन्छिएर सरकार अमानवीय बनेको विप्लवद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा ‘राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पुर्यासउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय हो भनिएको छ ।

कोरोना महामारीको यस विषम परिस्थितमा असंवेदनशील र गैरजिम्मेवार बनेको आरोप लगाउँदै सबै नागरिकको निःशुल्क कोरोना परीक्षण र उपचारको व्यवस्था मिलाउना नेकपा विप्लव समुहले माग गरेको छ ।