आज:  | Wed, 25, Nov, 2020
FLASH NEWS

कोरोनाले लिन्छ ज्यान’ सार्वजनिक


समृद्ध अनलाईन ५ कार्तिक २०७७, बुधबार १६:०८ मा प्रकाशित ( महिना अघि) ५९ पाठक संख्या

अर्जुनधारा, कात्तिक, ५ गते । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस)बारे जनचेतना फैलाउने उद्देश्यले निर्माण गरिएको श्रव्य दृश्य कोरोनाले लिन्छ ज्यान सार्वजानिक गरिएको छ । झापाको अर्जुनधारा नगरपालिकामा आयोजित एक अनौपचारिक कार्यक्रमका बीच नगरपालिकाका प्रमुख हरिकुमार रानामगरले  सार्वजनिक गरेका हुन् ।

करिब ४ मिनेटको उक्त श्रव्य दृश्यको सामाजिक अभियन्ता गणेश ढुंगानाको शब्द संगीत रहेको छ । श्रवय दृष्य निर्माणसँगै सामाजिक अभियन्ता ढुंगानाले अर्जुनधारा ६ मा रहेको अपांग बाल शिक्षा सरोकार केन्द्रको भवन निर्माण गर्न सहयोग जुटाउने उद्घोष गरेका छन्  पनि गरेका छन् ।

कार्यक्रममा श्रव्य दृश्य सार्वजानिक गर्दे सरसफाइमा अग्रणी भूमिका निर्वाह गरेका सामाजिक अभियन्ता ढुंगानाले समय सापेक्ष समामग्री ल्याएको भन्दै नगरप्रमुख हरिकुमार रानामगरले उनको अभियानमा नगरपालिका सकारात्मक भएको बताए । उनले चाडबाडमा घर आएकाहरु संग कोरोना पनि आउन सक्ने बताउँदै सबैलाई सचेत रहन आग्रह गरे ।

कार्यक्रममा श्रव्य दृश्य निर्माणमा सहयोग पुर्याउने सुनिता धिमाल, शेरबहादुर थापा र जगतबहादुर रानामगरलाई मायाको चिनो प्रदान गरिएको थियो  ।

केन्द्रका अध्यक्ष दिपक दुलालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षासेवी पौडेल, जनप्रतिनिधि सुशिला सुवेदी, हस्त परियार, भगवती ढुंगेल, जगत रानामगर, शेरबहादुर थापालगायतले शुभकामना व्यक्त गरेका थिए भने सोही कार्यक्रममा जनप्रतिनिधि सुशिला सुवेदीले अभियानलाई नगद ५ हजार १ सय सहयोग प्रदान गर्ने घोषणा गरेकी छन् ।