आज:  | Wed, 25, Nov, 2020
FLASH NEWS

अर्जुनधाराका क्वारेन्टाइन बन्द गर्ने


समृद्ध अनलाईन ६ कार्तिक २०७७, बिहीबार १६:३७ मा प्रकाशित ( महिना अघि) १०५ पाठक संख्या

अर्जुनधारा, असोज ६ गते । अर्जुनधारा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइन बन्द गर्ने निर्णय गरेको छ । आज कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को बैठकले क्वारेन्टाइन बन्द गर्ने निर्णय गरेको हो
अर्जुनधारा नगरपालिकाले १२ बेडको क्वारेन्टाइनबाट सुरु गरेर ११० जनासम्म अटाउने क्षमताको क्वारेन्टाइन सञ्चालन गरेको थियो ।
क्वारेन्टाइन बन्द भएपनि नगरले स्थापना गरेको आइशोलेसन भने यथावत रहने अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाले बताए । उनका अनुसार नगरले अर्जुनधारा ४ नम्बर वडामा २५ बेडको आइशोलेसन तयारी अवस्थामा राखेको छ ।

पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको संख्या नगरमा बढ्दै गएपछि हालको क्वारेन्टाइनलाई आवश्यक परेको खण्डमा आइशोलेसनको रुपमा प्रयोग गर्ने निर्णय भएको छ ।

त्यस्तै, यसअघि सीसीएमसीले गरेको अत्यावश्यक सेवाबाहेकका नगरपालिकाले प्रदान गर्ने सेवा पूर्णिमासम्म नै बन्द रहने पनि निर्णय गरेको छ । यसैगरी, नगरमा संक्रमण फैलिन नदिनका लागि सचेतना जगाउने किसिमको सन्देश नगरका विभिन्न वडाका चोक चोकमा प्रवाह गर्ने भएको छ ।